नेपालको विनाशकारी बाढीपछि अमेरिकास्थित नेपाली समुदाय शोक र सहयोगमा

नेपालको रसुवागढी नाकाबाट सुरु भई त्रिशूली नदी करिडोर हुँदै नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा फैलिएको विनाशकारी बाढीले ठूलो जनधन र पूर्वाधारमा क्षति पुर्‍याएपछि अमेरिकामा बसोबास गर्ने नेपालीहरूले शोक र चिन्ता व्यक्त गर्नुका साथै सहयोगको अपिलमा समेत एकजुट भएका छन्। अहिलेसम्म ९५ जनाको मृत्यु भएको सरकारी पुष्टि भए पनि प्रभावित क्षेत्रमा उद्धार जारी रहेकाले मृत्यु, बेपत्ता […]