अवरुद्ध बेनी-जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकहरूले प्रयोग गर्ने बेनी–जोमसोम सडकको पदयात्रालाई सहज बनाउन स्वमसेवी युवाहरूले श्रमदान अभियान सञ्चालन  गरेका छन् ।  बेनीका प्रकाश पौडेल नेतृत्वको युवाहरूको टोलीले शुक्रबार राहुपारे र कुनौटा क्षेत्रमा अप्ठ्यारो ठाउँमा झर्‍याङ राख्ने, रसी झुण्डाउने काम गरेका हुन् । १५ जनाको समूहले दिनभर श्रमदान […]