दुवै निर्वाचनको लागि कांग्रेसले गरायो आयोगमा दल दर्ता
नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको छ । आइतबार कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै प्रयोजनका लागि पार्टी दर्ता गरेको जानकारी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।