काठमाडौँ। आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको मृत्यु भएको छ। प्रहरीले जानकारी दिएअनुसार कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा आज बिहान साढे ८ बजे उनको मृत्यु भएको हो। पौडेलले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।