सरकारको कार्यशैली र पार्टी–सरकारबीचको तालमेललाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विभिन्न तहमा असन्तुष्टि र बहस चलिरहेका बेला पार्टी सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित दुसित थानी रिसोर्टमा करिब २४ घण्टा बिताएर आइतबार काठमाडौं फर्किएका छन् । रास्वपा स्रोतका अनुसार ‘बिदा मनाउने’ उद्देश्यले शनिबार धुलिखेल पुगेका उनीहरू एक रात […]