३२ औं पटक सगरमाथाको शिखरमा पुगे कामिरिता

काठमाडौं-  विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथा आरोहण गरेका छन् ।  शेर्पाले शनिबार सगरमाथाको शिखरमा पुगेर यसअघि आफैंले राखेको कीर्तिमान तोडेका हुन् । आरोहणपछि उनी अहिले आधार शिविरतर्फ ओर्लने क्रममा छन् ।   कामिरिताको सफल आरोहणपछि काठमाडौंमा उनको स्वागतको तयारी समेत सुरु गरिएको छ ।