वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही– जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक  सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ ।  आज दिउँसो स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ दाउरा लिने विषयमा भएको विवादपछि सोही गाउँपालिका–४ सन्तपुरुवाका इच्छाकुमार रैदासको आक्रमणबाट एक जनाको मृत्यु भएको हो। विवादपछि निजले धारिलो हतियार प्रहार गर्दा स्थानीय ५६ वर्षीय […]