क्युबामाथि नाकाबन्दी नगर्न मस्कोद्वारा अमेरिकासँग आग्रह

मस्को। क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाई आग्रह गरेको छ। रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले क्युबाका समकक्षी ब्रुनो रोड्रिगेज पारिलासँगको भेटमा बुधबार सो सुझाव दिएका हुन्। विदेशमन्त्री लाभरोभले भने- “अन्तर्राष्ट्रिय समुदायको विशाल बहुमतसँग मिलेर हामी संयुक्त राज्य अमेरिकालाई सामान्य ज्ञानका साथ काम गर्न, जिम्मेवार अडान लिन र नौसैनिक नाकाबन्दीको योजना त्याग्न आग्रह गर्दछौँ।” लाभरोभले क्युबासँगको सहयोग […]