सुख्खा पहिरो खस्दा अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

काठमाडौँ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित पृथ्वी राजमार्गमा खसेको सुख्खा पहिरो हटाइएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ। सोमबार बिहान करिब ५:४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।  सुरक्षाकर्मी तथा सम्बन्धित निकायले पहिरो पन्छाएपछि सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको हो।