अमेरिका, भारत र केन्याद्वारा खोजिएका १५ नेपालीहरू को हुन्?

अन्तर्राष्ट्रिय अपराध नियन्त्रण गर्ने निकाय (इन्टरपोल) ‘रेड नोटिस’ मा अहिले पनि १५ नेपालीहरु रहेका छन् । अमेरिका, भारत र केन्याका न्यायिक अधिकारीहरूको अनुरोधमा इन्टरपोलले यी नेपालीहरूविरुद्ध विश्वव्यापी रूपमा खोजी र पक्राउका लागि यो नोटिस जारी गरेको हो। इन्टरपोलको सूचीअनुसार यी व्यक्तिहरूमाथि मानव तस्करी, आतंकवाद, ठगी, जबर्जस्ती करणी र हत्या जस्ता गम्भीर अपराधका आरोपहरू रहेका छन्। […]