काठमाडौं– यूएईले नेपालसामु १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । खेलमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए […]