मकवानपुर– २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा राक्सिराङ गाउँपालिका-१ इन्दुङ बस्ने ४२ वर्षीय रमेश थिङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रमेशले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।