भाद्र २४ को विध्वंसमा जेन-जीको हात छैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाद्र २४ गतेको विध्वंसमा जेन-जीहरुको हात नरहेको जिकिर गरेका छन् ।  आइतबार विराटनगरमा आयोजना गरिएको नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली– चुनौती, अवसर र सम्भावनाबारे युवासंग संवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले भाद्र २३ गते गरिएको जेन-जी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताए […]