झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ। प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका– १७ घर भई हाल काठमाडौं तारकेश्वर– ८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका– ३ घर भई हाल ललितपुर महालक्ष्मी– १ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर […]