रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा– अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचपास पुनःसञ्चालन भएको छ । अनिवार्य रूपमा एमआरपी नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्‍याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद्धता जनाएसँगै भन्सार जाँचपास हुन थालेको हो । गत असार २४ गते गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेस्थित ल्हेन्देखोलामा  आएको बाढीपछि लामो समयसम्म प्रभावित बनेको रसुवा […]