पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोका कारण यातायात प्रभावित भएपछि बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौं आवागमनका लागि अर्को वैकल्पिक सडक सञ्चालनमा ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई आवश्यक मर्मत तथा स्तरोन्नति गरी वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको हो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मुख्य राजमार्गमा पटकपटक देखिने अवरोधका कारण हेटौँडा–काठमाडौं आवतजावत […]