१५औं महाधिवेश: कांग्रेसभित्र विवाद पेचिलो बन्दै (भिडियाे रिपाेर्ट)

काठमाडाैं । १५औं महाधिवेशनको विषयलाई लिएर नेपाली कांग्रेसभित्र विवाद चुलिंदै गएको छ। महाधिवेशन कहिले गर्ने भन्ने विषयमा फरक-फरक अडान रहेका कारण विवाद झन् झन् पेचिलो बन्दै गएको हाे । महाधिवेशन कार्यतालिको विषयलाई लिएर महामन्त्री गगन थापाले बिहीबारको केन्द्रीय समितिको बैठक नै बहिष्कार गर्नुभयो भने थापाकै अडानका कारण शुक्रबारको केन्द्रीय समिति बैठक समेत स्थगित गर्नुपरेको छ। […]