प्रधानमन्त्रीका प्रमुख सल्लाहकार प्रकरणमा प्रधानमन्त्रीले लिने कदममा रास्वपाको समर्थन रहने

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले चाल्ने कदमलाई पार्टीको पूर्ण समर्थन रहने बताएका छन् ।  प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा चौधरी ग्रुपका व्यक्तिहरू तथा विचौलिया इनम सापकोटाको मोबाइल फोन भेटिएको विषय सार्वजनिक भएपछि त्यसबारे पार्टीको धारणा माग्दा […]