उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिपूर्वक समापन

काठमाडौं । ब्रतालुहरुले उदाँउदोे सूर्यको पूजाआराधना गरी अर्घ दिएसँगै छठ पर्व समापन भएको छ । पर्वको मुख्य दिन हिजो सूर्यदेवको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइयो । मिथिलाञ्चलमा विशेष पर्वको रुपमा मनाईने छठ पछिल्लो समय तराई मधेशका अन्य जिल्लाहरुका साथै काठमाडौं उपत्यकामा मनाउन थालिएको छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरिन्छ […]