जलवायु संकट समाधानतर्फ अन्तर्राष्ट्रिय न्यायालयको ऐतिहासिक कदम, नेपाललाई के फाइदा?

जलवायु संकटको सबैभन्दा ठूलो मूल्य चुकाइरहेका नेपालजस्ता मुलुकको पक्षमा अन्तर्राष्ट्रिय न्यायालयले ऐतिहासिक राय दिएको छ। यसले उत्सर्जन घटाउने, जलवायु क्षति सम्बोधन गर्ने र धनी राष्ट्रको जिम्मेवारीबारे अन्तर्राष्ट्रिय कानुनको दायरा स्पष्ट पारेको छ। यो रायले नेपाललाई जलवायु न्याय दिलाउन कति मद्दत गर्ला?