काठमाडौँ। सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र रमाना नदिई साविककै कार्यालयमा राखिराख्ने र तलबभत्ता भुक्तानी दिने परिपाटीविरुद्ध सरकार कडा रूपमा प्रस्तुत भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३० गते सचिवस्तरीय निर्णय गर्दै तोकिएको म्यादभित्र रमाना नदिइए सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाटै सो बापतको रकम असुलउपर गर्ने चेतावनी दिएको […]