काठमाडाैं । दक्षिण अफ्रिकाले घरेलु टोली न्युजिल्यान्डसँगको पाँचाैं खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको छ । क्रिस्टचर्चमा बुधबार भएको अन्तिम खेलमा न्युजिल्यान्डलाई ३३ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले ३–२ ले शृङ्खला जितेको हो । दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो […]