गगन-विश्वलाई संस्थापनको जवाफ : व्यक्तिले बोलाउँदैमा विशेष महाधिवेशन हुँदैन, अब औचित्य सकियो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनको मागको औचित्य समाप्त भएको घोषणा गरेको छ। पार्टी विधानअनुसार मात्रै विशेष महाधिवेशन आयोजना हुने पनि केन्द्रीय कार्यसमितिले जनाएको छ। पार्टीले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरिसकेर आवश्यक प्रक्रिया अघि बढिसकेको छ। यस सन्दर्भमा माग गरिएको […]