काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका घटनामा छानबिन र कारबाही भइरहेको जनाएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लङ्घनकर्तालाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताउनुभएको हो ।प्रवक्ता भट्टराईका अनुसार पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फर्स्याेट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको छ । […]