काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका र राँगाको बलि दिइएको छ। नेपाली सेनाका सैनिकहरूले देवीदेवताप्रति अर्पणस्वरूप बोका र राँगाको बलि दिएका हुन्। दसैँका अवसरमा हनुमानढोका दरबारको मूलचोकमा महाअष्टमी, महानवमी र चतुर्दशीका दिन बलि दिने परम्परा रहेको छ। परम्पराअनुसार दसैँका अवसरमा मूलचोकमा तीन दिनसम्म दैनिक ५४ वटा बोका र ५४ वटा राँगाको […]