नेपालले आगामी कोप–३१ सम्मेलनमा जलवायुजन्य हानि–नोक्सानीका लागि शीघ्र सहायता र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारको विषय प्राथमिकताका साथ उठाउने भएको छ। हिमाली क्षेत्रको संरक्षण, जोखिममा रहेका समुदायको अनुकूलन र जलवायु न्यायलाई ठोस कार्यान्वयन संयन्त्रसँग जोड्ने तयारी भइरहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन टर्किएको अन्ताल्यामा नोभेम्बर […]