नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र संयुक्त राष्ट्रसङ्घका लागि माइक्रोनेसियाको सङ्घीय राज्यका स्थायी प्रतिनिधि जीम एस लिप्पवेले सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेको नेपाली नियोगले जनाएको छ […]