सहकारी संस्थाले सदस्यलाई प्रदान गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले आगामी असोज १ गतेदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत तोकेको हो। सहकारी ऐन, २०७४ को दफा ५१ को उपदफा (१) बमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याजदर पुनरावलोकन गर्दै यस्तो व्यवस्था गरिएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ। यसअघि […]