रामेछाप । रामेछापको मन्थली नगरपालिका-१ स्थित बिटारपार्क नजिकै भित्री सडक खण्डमा शुक्रवार साँझ गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा।प्र।०१(०२६ च ४९१३ नम्बरको टाटा योद्धा गाडी भदौ २६ गते साँझ करिब ७स्४५ बजे अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल सुकाजोर खोलामा खसेको थियो। […]