सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभाले शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकले चार प्रतिशत बोनस शेयर र करसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न साधारणसभाले लाभांश प्रस्तावसँगै आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति पनि निर्विरोध चयन गरेको छ। बैंकका […]