ललितपुर– पाटन उच्च अदालतले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता विवादमा बिजुली काटिएका उद्योगीहरूको पक्षमा अन्तरिम आदेश जारी गरेको छ। कुलमान घिसिङ अन्तरिम सरकारको मन्त्री भएर आएपछि ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले प्रशासनिक पुनरावलोकन प्रक्रिया खारेज गरेर बिजुली काटिदिएपछि दर्ता भएको रिटमा उच्चले मागेअनुसारको अन्तरिम आदेश दिएको हो। बिजुली काटिएकामध्ये एक रिलायन्स स्पिनिङ मिल्सको तर्फबाट […]