काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीलाई तोकिएका आचरण पालना गर्न निर्देश गरेको छ। मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले आज (आइतबार) सूचना जारी गर्दै कर्मचारीलाई आफ्नो आचारण र कर्तव्य पालना गर्न निर्देशन गरिएको जानकारी दिए। मन्त्रालयअन्तर्गतका विभाग, प्रतिष्ठान, अस्पताल, स्वास्थ्य संस्था र कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले कानुनले निर्धारण गरेको आचारसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयन नगरेको […]