लागूऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २४ जनालाई पक्राउ गरेको छ ।  स्थानीय टोखा नगरपालिका–८ बानियाटारबाट ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरिएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको गोदावरी नगरपालिका–१ […]