अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले पहिलोपटक फलफूलको स्वादयुक्त ई–सिगरेट (भेपिङ उत्पादन)को बजारमा बिक्री अनुमति दिएको छ। गैर–तमाखु स्वादका भेप उत्पादनलाई औपचारिक स्वीकृति दिने यो निर्णय एजेन्सीमाथि बढ्दो राजनीतिक दबाबबीच आएको हो। एफडीएका अनुसार लस एन्जलसस्थित भेप निर्माता ग्लास इंकद्वारा उत्पादन गरिएका पोडहरूलाई अनुमति दिइएको हो। यी उपकरणमा उमेर–नियन्त्रण प्रविधि प्रयोग गरिएको छ, जसले नाबालिगहरूलाई […]