लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद

बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुने भएपछि लुम्बिनी प्रदेश सभाका तीन सांसदले राजीनामा दिएका छन्। प्रदेश सभा सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का धनबहादुर मास्की र नेकपामा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद धर्मबहादुर चौधरीले राजीनामा दिएका हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बानियाँले भने सामाजिक सञ्जालमार्फत राजीनामा दिएका हुन्। उनले प्रदेश सभा […]