काठमाडौँ। राष्ट्रिय सभाका लागि कोसी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। कोसीबाट अन्य समूहमा अरू कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएको निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए। थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकनमा रेगिना भट्टराई थिए । उनका अनुसार थापाको एकल उम्मेदवारी परेको हो। निर्वाचित भएको घोषणा भने […]