राजीव गान्धीको चिठीले रोकिएको चिनियाँ ठेक्का

२०४१ सालको आम चुनावमा भारतीय राष्ट्रिय कंग्रेस (आई)ले प्रचण्ड बहुमत ल्याएपछि त्यस वर्षको १५ कात्तिकमा राजीव गान्धी ३८ वर्षको उमेरमा प्रधानमन्त्री नियुक्त भए। लोकसभाको कुल ५०८ सिटमध्ये ४०१ सिट जितेर प्रधानमन्त्री बनेका राजीवलाई सबैभन्दा पहिले बधाई दिने विदेशी राष्ट्राध्यक्ष राजा वीरेन्द्र थिए। बेलायतमा पढेलेखेका र युवा सोच भएका कारण राजीव आफ्नी आमा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीभन्दा […]