काठमाडौं ।संघीय अनुसन्धान एजेन्सी (एफ.आई.ए) को विशेष अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफका संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतले दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय हुनेछ । […]