सन्दीपको उत्कृष्ट बलिङमा विराटनगर विजयी

काठमाडौँ। कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा विराटनगर किङ्ग्स विजयी भएको छ। विराटनगर लगातार आफ्नो तेस्रो खेलमा विजयी भएको हो। आजको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हराएको हो। जितका लागि १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १२६ रन मात्रै […]