अस्ट्रेलियाका बोसिस्टोले कर्णाली याक्सबाट खेल्ने

काठमाडौं। कर्णाली याक्स स्पोट्स प्रा.लीले अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टोलाई अनुबन्ध गरेको छ। कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि अस्ट्रेलिया यु–१९ टिमका खेलाडी बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी गराए। बोसिस्टो कर्णाली याक्समा अनुबन्ध हुने दोस्रो विदेशी खेलाडी हुन्। यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई अनुबन्ध गरेको थियो। […]