काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । शक्तिस्वरूपा देवीको पूजा–आराधना गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्दै भक्तजनहरू बिहानैदेखि मन्दिर पुगेका हुन् । महाअष्टमीका दिन देवीको दर्शन तथा पूजाआजा गर्न आउने श्रद्धालुको चहलपहल बढेको छ । दसैँको महाअष्टमीका दिन दुर्गा भवानीको विशेष पूजा गर्ने धार्मिक परम्परा […]