काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित ५२ जना केन्द्रीय सदस्य संस्थापन पक्षले बोलाएको बैठकमा सहभागी हुने भएका छन्। संस्थापन पक्षले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। दिउँसो २ बजे बस्ने बैठकमा आगामी महाधिवेशनलगायत पार्टीका समसामयिक विषयमा छलफल हुने बताइएको छ। बैठकमा सहभागी हुने नेताहरूमा महालक्ष्मी उपाध्याय(डिना), गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, […]