अभिव्यक्ति विवादपछि राष्ट्रिय सभामा कानुनमन्त्री गौतमले मागिन् माफी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेनजी सहिद स्मृति दिवसको कार्यक्रममा दिएको अभिव्यक्तिप्रति राष्ट्रियसभासमक्ष क्षमा मागेकी छन्। बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सांसदहरूले कानुन निर्माणमा राष्ट्रियसभाले बाधा पुर्‍याएको भन्ने उनको अभिव्यक्तिमाथि आपत्ति जनाएपछि मन्त्री गौतमले क्षमायाचना गरेकी हुन्। बैठकलाई सम्बोधन गर्दै मन्त्री गौतमले भनिन्, “मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म […]