काठमाडौँ, २६ भदौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले बाढी प्रभावित जनताका पक्षमा तत्काल उद्धार र राहतसँगै अस्थायी पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि स्पष्ट योजना तथा कार्यक्रम ल्याउन सरकारको ध्यानार्कषण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद पुनले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट जनधनको अपूरणीय क्षति भएको, विदेशीसहित करिब सबै जिल्लाका मानिसको […]