वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन्। घटनामा सात जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्। बोलिभियाका रक्षामन्त्री अर्नेस्टो जस्टिनियानोका अनुसार राजधानी ला पाजबाट करिब ३० किलोमिटर दक्षिणपश्चिममा रहेको वियाचाको सैन्य परिसरमा स्थानीय समयअनुसार शुक्रबार दिउँसो करिब २ः३० बजे विस्फोट भएको […]