त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा ९.७७ प्रतिशतले वृद्धि भएको छ। विश्वविद्यालयको ६७औँ सभामा रजिष्ट्रार डा. रवीन्द्र सिवाकोटीले प्रस्तुत गरेको बजेटअनुसार आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु ३० अर्ब ८७ करोड ११ लाख आठ हजार विनियोजन गरिएको छ। प्रस्तावित कूल बजेटमध्ये ४९.३८ प्रतिशत (रु १५ अर्ब २४ करोड २७ लाख पाँच हजार) आन्तरिक स्रोतबाट […]