वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२६ बस्ने लमजुङ दोर्दी गाउँपालिका–८ घर भएका ४५ वर्षीय खर्वा तामाङ र काठमाडौँ तारकेश्वर नगरपालिका–६ बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ घर भएका ३१ वर्षीय हरि तिमिल्सिना भन्ने ईश्वर खतिवडा […]