विवादको पूर्वसूचना हुँदाहुँदै नागरिकको ज्यान जाने, कर्फ्यु विस्तार हुने र सेना उतार्नुपर्ने अवस्था आउनु सुरक्षा प्रशासनको सफल नियन्त्रण होइन, कमजोर पूर्वतयारीको गम्भीर संस्थागत परिणाम हो। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा दुई समूहबीच उत्पन्न विवाद हिंसात्मक झडपमा परिणत हुँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनाले स्थानीय शान्ति-सुरक्षा व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। घटनामा सर्वसाधारण तथा सुरक्षाकर्मीसमेत […]