हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । खार्पुनाथ–४ का ६३ वर्षीय मक्कबहादुर रोकाया भरूवा बन्दुक एक थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्रामसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो […]