पक्राउ गरिएका पूर्वप्रधानमन्त्री ओलीको टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षण

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनलाई अस्पतालको रेड एरियामा राखेर परीक्षण सुरु गरिएको छ। ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले उनलाई संवेदनशील मानिने रेड एरियामा राखेर परीक्षण थालिएको हो। उनको मिर्गौलाको समेत परीक्षण गर्ने तयारी भइरहेको छ ।